नियम ३९च
परिषद्को काम, कर्तव्य र अधिकार
परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः– (क) भू–उपयोग सम्बन्धी नीति तथा कार्यनीति निर्धारण गर्ने, (ख) भू–उपयोग सम्बन्धी कार्यक्रम स्वीकृत गर्ने, (ग) भू–उपयोग कार्यक्रमको संचालन गर्न नेपाल सरकारका बिभिन्न निकायलाई आवश्यक निर्देशन दिने, (घ) स्वीकृत भू–उपयोग कार्यक्रमका लागि विनियोजित बजेट बा“डफा“ड गरी संचालन गर्ने, (ङ) भू–उपयोग कार्यक्रम संचालन गर्न आवश्यक भू–उपयोग नक्सा तयार गर्ने, (च) जिल्लामा भू–उपयोग तथा चक्लाबन्दी सम्बन्धी कार्यक्रम संचालन गर्न जिल्लास्तरीय भू–उपयोग तथा स्थानीय चक्लाबन्दी समिति गठन गर्न सिफारिश गर्ने, (छ) जग्गालाई वैज्ञानिक आधारमा बसोबास, कृषि, वन, चरन, पर्यटकीय, औद्योगिक आदि विविध क्षेत्रमा छुट्याई व्यवस्थित बसोबास गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने, (ज) बिभिन्न निकायबाट संचालन हुने भू–उपयोग सम्बन्धी कार्यक्रममा समन्वय ल्याई दोहोरोपन हटाउने, (झ) भू–उपयोग कार्यक्रम संचालनका सन्दर्भमा परी आउने अन्य काम गर्ने ।